रोटरी क्लब अफ पशुपति काठमाडौंले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित नगर अस्पताल तथा फरक क्षमता भएको व्यक्तिलाई ह्वीलचेयर वितरण गरेको छ । रोटरी क्लब अफ पुशपति काठमाडौंका प्रेसिडेन्ट इलेक्ट तथा जोसेफ माविका प्रिन्सिपल सूर्य बहादुर अधिकारीले बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई नगर अस्पताल प्रमुख कुशल अधिकारीलाई उक्त ह्वीलचेयर वितरण गरेका हुन् । याँ बन्दै गरेको नगर अस्पताल ह्वीलचेयर एकदमै उपयोगी रहेको र रोटरी क्लब अफ पशुपति काठमाडौं परिवारलाई हार्दिक धन्यवाद ज्ञापन वडाध्यक्ष भट्टराईले अगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा रोटरी कल्व अफ पशुपति अगाडी बढोस् भनी शुभकामना व्यक्त गरेका छन् ।